अर्जुनधारा । अर्जुनधारा–३ स्थित अमलडाँगी निवासी दर्जी थर भएकी १३ वर्षिय बालिका आमा बनेकी छन् । उनले यसै वर्ष मात्र भागेर विवाह गरेकी थिइन् । 

गएराति मात्र उनले छोरीलाई जन्म दिएकी छन् । प्रत्सव पिडा भएपछि उनी गएराति खुदुनावारी स्वास्थ्य चौकीमा उपचारका लागि भर्ना भएकी थिइन् । २०६६ साल चैत्रमा जन्मैकी उनले २ केजी २ सय ग्रामको छोरीलाई जन्म दिएको स्वास्थ्य चौकी खुदुनावारीका प्रमुख डम्बर बल्लभ मिश्रले जानकारी दिए । बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो भएकाले डिस्चार्ज समेत गरिसकेको मिश्रले बताए ।

बालिकाका श्रीमान १८ वर्षीया किशल लाम्गादे भने स्थानीय न्यु होप इङ्ग्लिस  बोर्डिङ सेकेण्डरी स्कुलमा कक्षा ८ मा यस अघि अध्ययन गर्दै आएको र अहिले क्रसर उद्योगमा काम गर्दै आएको बताइएको छ । उनि सहित खुदुनावारी स्वास्थ्य चौकीमा यसै आर्थिक वर्षमा मात्र १६ जनाले बच्चा जन्माएको प्रमुख मिश्रले जानकारी दिए । कानुनले बाल विवाहलाई बर्जित गरेपनि अज्ञानका कारण नेपालमा बाल विवाह रोकिएको छैन् ।