अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा ७० दिने लोकसेवा आयोग तयारी कक्षा सुरु भएको छ । 

received_728870519371153

बिर्तामोडको नोभा फाउण्डेसनको आयोजना र अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा लोकसेवा आयोग तयारी कक्षा सुरु भएको हो । 

नगरका ११ वटा वडाबाट ५ जनाका दरले सहभागी छन् ।  बिद्यालयबाट सिफारिस भएर आएका २० जना गरि ७५ जनाले कक्षामा सहभागीता जनाएको सामाजिक विकास शाखा प्रमुख राजबिक्रम खड्काले जानकारी दिए । 

कक्षामा डा. टोकराज पाण्डे, बद्री कार्की, डिजन भट्टराई, प्रयास भट्टराई, राजेन्द्र निरौला लगायतले सहजीकरण गर्ने नोभा फाउण्डेसनका सञ्चालक प्रकाश पराजुलीले जानकारी दिए ।

कक्षाको अर्जुनधारा नगरपालिकाका उप प्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी  थिईन् । उनले नगरका युवा युवतीलाई सरकारी सेवा प्रवेशमा यस्ता कक्षाले बाटो खोल्ने बताईन् ।

गतबर्ष पनि नगरले यस्तो कक्षा सञ्चालन गरेको थियो । सो कक्षामा सहभागी भएकामध्ये तीनजनाले आयोग पास गरेर सरकारी सेवामा प्रवेस गरेको बताईएको छ । 

उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, सामाजिक विकास शाखा संयोजक कौशीलाल परियार, शनिश्चरे बहुमुखी क्याम्पसका प्रमुख माेहन ओली लगायतको आतिथ्यता रहेको थियो ।