बिर्तामोड । झापा जिल्ला प्रहरी कार्यालयले फागुन महिनामा १ सय ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कार्यालयको मासिक प्रगति विबरण अनुसार पक्राउ परेका फरार प्रतिवादीरुलाई १३ बर्ष महिना ११ दिन कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । 

जिल्लाका बिभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट नेपाल तर्फ र नेपालबाट भारत तर्फ ओसारपसार भइरहेको ३७ लाख ५१ हजार ४४० रुपैंयाँ बराबरको कस्मेटिक आइटम, किराना सामाग्री, लत्ताकपडा, सवारी साधनका पार्टस तथा बिधुतीय पार्टसहरु, सुर्तिजन्य पदार्थ सहित ९ वटा सवारी साधन र २६ वटा पशुचौपायालाई नियन्त्रणमा लिईआवस्यक कार्वाहीको लागी भन्सार कार्यालय बुझाइको जनाएको छ ।

त्यसैगरी फरार प्रतिवादीहरुबाट १४ लाख ६५ हजार ७२२ रुपैंयाँ जरिवाना असुल उपर गरिएको जनाइएको छ ।