बिर्तामोड । जङ्गली हात्तीको आक्रमणबाट शिवशताक्षीमा एकजनाको मृत्यु भएको छ । घटनामा अर्का एकजना घाइते भएका छन् ।

शिवसताक्षी ११ निवासी पवित्रा भेटवालको निधन भएको छ। उनका श्रीमान दिलिप भेटवाल घाइते घाइते भएका छन् । उनलाई उपचारका लागि हस्पिटल लगिएको छ।

शिवसताक्षी ११ को  क्षेत्र उत्तरी क्षेत्र जङ्गलमा दाउरा खोज्ने क्रममा उनीहरूलाई हात्तीले आक्रमण गरेको थियो।