झापा । जंगली हात्तीको आक्रमणबाट झापामा फेरि एकजना महिलाको मृत्यु भएको छ । कमल गाँउपालिका ५ की ५८ वर्षीया खड्गमाया माबोकाे गएराती हात्ती आक्रमणमा मृत्यु भएकाे हाे ।

प्रहरीका अनुसार सुतिरहेकाे स्थानमा जंगली हात्ती आएर आक्रमण गर्न शुरु गरेपछि माबाे घरबाट निस्किएर भागेकी थिइन् । भाग्दै गरेकी उनलाई हात्तीले लखेटेर आक्रमण गरेकाे थियाे । शुक्रबार राती ११ बजेकाे समयमा हात्तीकाे आक्रमणमा परेकी उनकाे घटनास्थलमै मृत्यु भएकाे थियाे ।

तीन दिन अघि शिवसताक्षी नगरपालिका–११ की ६० वर्षीया पवित्रा भेटुवालको पनि स्थानीय जंगलमा दाउरा खोज्न गएका बेला हात्तीको आक्रमणम मृत्यु भएको थियो । घटनामा घाइते भएका उनका श्रीमानकाे उपचार भइरहेकाे छ ।