झापा । बतास एमएडब्लु कमर्सियस भेहिकल्सले झापाको दिप यातायातलाई ६ वटा बसको चावी हस्तान्तरण गरेको छ । 

आयसर कम्पनीको नेपालको लागि आधिकारिक बिक्रेता बतास एमएडब्लुले खरिदकर्ता दिप यातायातलाई आइतबार एक समारोहको आयोजना गरी  ६ वटा बसको चावी हस्तान्तरण गरेको हो । 

deep

दिप यातायातको सेवा कोशी प्रदेशभरी सञ्चालनमा छ । कम्पनीले सेवाको दायरा अझ फराकिलो बनाउन बस थप गर्ने निर्णय गरेर ६ वटा बस खरिद गरेको अध्यक्ष कपिलकुमार थापाले बताए । 

बतास एमएडब्लु कमर्सियस भेहिकल्सका प्रबन्धक शान्ताराम बतासको अध्यक्षतामा आयोजित समारोहको प्रमुख अतिथि कोशी प्रदेश सभाका पुर्व सदस्य तथा मेची बस व्यवसायी संघका संरक्षक श्रीप्रसाद मैनाली रहेका थिए । 

कम्पनीका बिक्री प्रबन्धक रघुनाथ पौडेलले बहुचर्चित भल्भो कम्पनी र आयसर कम्पनीको प्राविधिक समिश्रण अहिलेका सवारी साधनमा रहेको बताए । उनले परिवर्तित समय अनुसारको सवारी साधन उत्पादन गर्ने लक्ष्य बमोजिम आयसर कम्पनीका सवारीसाधनहरु उत्पादन भइरहेको बताए । १९ देखि ६० सिट क्षमताको बस बिक्री गर्दै आएको कम्पनीले २००८ मा भल्भो कम्पनीसँग प्राविधिक सहकार्य गर्ने सम्झौता गरेको हो । 

कार्यक्रममा मेची बस ब्यवसायी संघका अध्यक्ष राजेन्द्र रिजाल, दिप यातायातका सञ्चालक बसन्त तिवारी, कमलराज दाहाल, सगरमाथा यातायातका रविन कोइराला लगायतले बस व्यवसाय र अहिलेको समयमा ब्यवसायमा रहेको चुनौतीको बिषयमा मन्तब्य राखेका थिए ।