बिर्तामाेड । झापाको बिर्तामोडमा ३ करोड रुपैयाँ लगानीमा होटल रुस्किन संचालनमा आएको छ ।

बिर्तामाेड बसपार्क नजिकै सुविधासम्पन्न हाेटल सञ्चालनमा आएकाे हाे । व्यवसायी नरेश श्रेष्ठले हाेटल सञ्चालनमा ल्याएका हुन् । बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महत्तरा प्रसाईले होटलको उद्घाटन गरेकी हुन् ।

प्रोपराईटर नरेश ३ करोड रुपैयाँकाे लगानीमा हाेटल संचालनमा आएको जानकारी दिएका छन् । रेस्टुरेन्ट एण्ड बार र थकाली रेस्टुरेन्टको समेत व्यवस्था रहेको होटलमा १५ वटा सुविधासम्पन्न काेठा रहेको उनले जानकारी दिए । पार्किङकाे पर्याप्त सुविधा रहेकाे हुनाले यहाँ आउने पर्यटकलाई सुविधा पुग्ने बिश्वास सञ्चालककाे छ । 

उनले होटलमा १७ जनालाई रोजगारी समेत दिएको जानकारी दिए । संचालक श्रेष्ठले होटल स्थापनाको अवसरमा बैशाख ९ गते सम्मका लागि विशेष छुटको व्यवस्था गरिएको बताए ।

प्रोपराईटर श्रेष्ठका आमा भगवती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेयर महतारा, बिर्तामोड-६ का वडा अध्यक्ष सुर्य कन्दङ्वा, होटल व्यवसायी संघ झापाका अध्यक्ष इन्दिरा श्रेष्ठ, विर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रमको संचालन  होटल व्यवसायी संघ झापाका महासचिव शिवराज पौडेलले गरेका थिए ।