बिर्तामाेड । झापाको बिर्तामोड – ४ स्थितअदुवा पुल नजिकै एक महिला मृत अवस्थामा शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत भेटिएकी महिला अन्दाजी ३५ वर्षकी सुनिता राजवंशी रहेको र उनि कवाडीको काम गर्दै आएको बुझिएको छ।

मृत भेटिएको महिला अदुवा पुल उत्तरको एक घरमा बस्दै आएको जानकारी प्राप्त भएको छ । हिजो शनिवार रातको ९ बजेको समयमा उनको शव भेटिएको र हाल पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लैजाने तयारी भैरहेको र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।