बिर्तामोड । मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेका अर्जुनधारा ४ का २७ वर्षीय पिरती भन्ने विष्णु लिम्बूको मृत्यू भएको छ । शनिवार दमकबाट बिर्तामोड तर्फ आँदै गर्दा लिम्बू कमल गापा ३ सानो केर्खामा दुर्घटनामा परेका थिए ।

बा ६४ प १४०० नम्बरको मोटरसाइकलमा राती ११ः३० बजेको समयमा दुर्घटनामा परेका लिम्बूलाई उपचारका लागि बिर्तामोडको विएण्डसी अस्पताल पठाइएको थियो । झापा प्रहरीका अनुसारको उनको राती साढे १२ बजे मृत्यू भएको हो ।

मोटरसाइलक पछाडी सवार सोही ठाउँका जीवन नेपालको छोरा बर्ष १५ को विपल नेपालको सोहि अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।