शनिश्चरे । अर्जुनधारा जेसीजले खोलामा गिट्टीबालुवा चालेर जीविकोपार्जन गर्ने अर्जुनधाराका दुई दर्जन श्रमिकलाई बेल्चा वितरण गरेको छ ।

अर्जुनधारा ७ स्थित जरुवा बस्ती छेउको विरिङ खोलामा काम गर्ने २४ जना मजदुरहरुलाई जेसीजले बेल्चा वितरण गरेको हो । दीर्घकालीन योजनाअन्तर्गत प्रत्येक वर्ष मजदुरलाई सहयोग गरिने कार्यक्रम सयोजक भवानी बरालले बताए ।

अर्जुनधारा जेसीजका अध्यक्ष बसन्त बुढाथोकीको अध्यक्षतामा भएको उक्त्त कार्यक्रममा अर्जुनधारा ७ नम्बर वडा अध्यक्ष गोविन्द्र खतिवडा प्रमुख अतिथि थिए भने वडा सदस्य हरि कटुवाल, जानुका विश्वकर्मा, निर्माण व्यवसायी उत्सव ढकालको आतिथ्यता थियो ।

जेसीजका कार्यकारिणी उपाध्यक्ष भवानी बरालले औचित्यसहित स्वागत गरेको कार्यक्रम अर्जुनधारा जेसीजका महासचिव मनोज सिटौलाले सञ्चालन गरेका थिए ।