बिर्तामाेड । भारतबाट भन्सार छलेर नेपाल ल्याउदै गरेकाे अवस्थामा प्रहरीले ठुलाे परिमाणमा कपडा बरामद गरेकाे छ ।  बरामद कपडा भन्सार बुझाउने तयारी भइरहेकाे प्रहरी स्राेतकाे भनाई छ । 

नेपाल प्रहरी, शसस्त्र प्रहरी र राजश्व बिभागकाे संयुक्त टाेलीले काँकडभिटाबाट कपडा बरामद गरेकाे हाे । ५१ वटा पाेकामा बरामद कपडा अन्दाजी ४० देखि ५० लाख मुल्य बराबरकाे रहेकाे बुझिएकाे छ । यसबारेकाे बिस्तृत बिवरण केही समयपछि सार्वजनिक गर्ने तयारी रहेकाे झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।