बिर्तामाेड । झापाको शिवसताक्षीमा करेन्ट लागेर १८ महिनाको बालकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका ७ का सुनिल राजवंशीको १८ महिनाका छोराको करेन्ट लागेर मृत्यु भएको हो।

चलिरहेको पानी तान्ने मोटर छुँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। तत्काल बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका लागि पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए। शव निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको उनले बताए।