बिर्तामाेड । जंगली हात्तीको आक्रमणबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-१ बोक्राझारीका ५० वर्षीया लीला राजवंशी रहेका छन् । गएराति बिर्तामोडमा उपचारका क्रममा उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।
फागुन ७ गते बिहान आफ्नो घर बनाउँदै गरेको ठाउँमा पानी हाल्ने क्रममा जंगली हात्ती आएर उनीमाथि आक्रमण गरेको थियो । हात्तीले उनलाई आक्रमण गरी गम्भीर घाइते बनाएको बनाएको थियो ।



















