बिर्तामोड । आज दिउँसो १२:४५ बजेको समयमा झापाको दमक नगरपालिका–८ स्थित नेम्वाङ ड्राइभिङ सेन्टर अगाडि पूर्व–पश्चिम लोकमार्गमा गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी भएको छ।
भद्रपुरबाट इटहरीतर्फ जाँदै गरेको प्र.१-०२-०५२ प ८५७३ नम्बरको कालो रंगको बुलेट मोटरसाइकलमा आगलागी भएको हो ।
दमक नगरपालिकाको दमकल, प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो दिउँसो १ बजे नियन्त्रणमा लिइएको थियो। आगलागीबाट मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ।
उक्त मोटरसाइकल चालक संखुवासभा जिल्ला मादी नगरपालिका–३ घर भई हाल सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म भद्रपुर, झापामा कार्यरत सप्रसह गणेश जिमी रहेका छन्। उनी सकुशल रहेको प्रहरीले जनाएको छ।


















