बिर्तामोड । भद्रपुर नगरपालिका–३ रंगेडाडा क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट कृषकको मकैबाली नष्ट भएको छ।
हिजो रातिको समयमा कालिका मन्दिर सामुदायिक वनबाट निस्किएको जंगली हात्तीले स्थानीय हिरालाल राईको करिब १० कठ्ठा खेतमा लगाइएको मकैबाली खाइ नष्ट गरेको हो।
घटनाबारे आज बिहान प्रहरी चौकी महेशपुरमा सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेको थियो। प्रारम्भिक मूल्याङ्कन अनुसार करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।
घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ।


















