अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको खुदुनाबारी बजारमा गरिएको बजार अनुगमनका क्रममा विभिन्न पसलहरूमा अखाद्य तथा म्याद गुज्रिएका खाद्यान्न सामग्री फेला परेका छन्।

IMG-20260420-WA0003

अनुगमन टोलीका अनुसार राहुल मिष्ठान्न भण्डारमा अखाद्य तेल बरामद गरिएको छ भने दुर्गा माता सप्लायर्समा पनि सोही प्रकारका वस्तु भेटिएका छन्। यस्तै, हटियाका मिठाई पसलहरूमा समेत अखाद्य वस्तुहरू बढी मात्रामा प्रयोग भइरहेको पाइएको छ।

IMG-20260420-WA0004

त्यसैगरी, घुम्ती खाद्यान्न पसलहरूमा सरसफाइ मापदण्ड अनुसार नभएको पाइएको छ। थापा किराना पसलमा म्याद गुज्रिएका बिस्कुट, चकलेट र पापड फेला परेका छन् भने श्रेष्ठ किराना पसलमा पनि मिति नाघेका खाद्यान्न सामग्री भेटिएको अनुगमन टोलीले जनाएको छ ।

IMG-20260420-WA0001

अनुगमन टोलीले मापदण्ड विपरीत कार्य गर्ने पसलहरूलाई आवश्यक निर्देशन दिँदै सुधार नगरे कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

अनुगमन टोलिमा वरिष्ठ खाद्य अधिकृत सुवासचन्द्र वस्ती, नगरस्तरीय बजार अनुगमन समितिका सदस्य सचिव चुडामणि निरौला, बाणिज्य संघबाट प्रल्हाद ढुङ्गाना, प्रहरी, नगर प्रहरी, सञ्चारकर्मी, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।