बिर्तामोड ।  केर्खास्थित पूर्व–पश्चिम एशियन हाइवेमा सडक विस्तारका क्रममा उडेको धुलो–धुवाँका कारण समस्या भएको भन्दै स्थानीयले केही समय सडक अवरुद्ध गरेका छ ।

आज साँझ ५:२० देखि ५:४५ बजेसम्म करिब ३०/३५ जना स्थानीयले सडकमा पाइप राखेर विरोध प्रदर्शनमा उत्रिँदा यातायात अवरुद्ध भएको थियो।

प्रहरीले प्रदर्शनकारीलाई सम्झाई बुझाई हटाएपछि सडक पुनः सञ्चालनमा आएको छ।