बिर्तामोड । झापाको दमक नगरपालिका–९ अडियामलमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
मंगलबार बिहान करिब ९:४५ बजे स्थानीय ३८ वर्षीया लिला माया धिमाल आफ्नै घरमा नुहाउनका लागि मोटर चलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी थिइन्।
गम्भीर अवस्थामा उनलाई उपचारका लागि निम्स अस्पताल दमक पुर्याइएको थियो। तर, चिकित्सकले बिहान ११:३० बजे मृत घोषणा गरेका हुन्।
घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएको छ। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ।



















