बिर्तामोड । नेपाल जेसीजले वीरता लेडी जेसीजलाई पुनः साधारण सभा तथा निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

नेपाल जेसीजका राष्ट्रिय महासचिव जेसी अमर घिमिरेद्वारा जारी पत्रअनुसार, वीरर्ता लेडी जेसीजले सम्पन्न गरेको साधारण सभा र निर्वाचन प्रक्रिया विधानअनुसार नभएको तथा वैधानिक समेत नरहेको ठहर गरिएको छ।

यसअघि नेपाल जेसीज सचिवालयले २०२६ जनवरी २८ मा पठाएको पत्रअनुसार आवश्यक कागजातसहित प्रतिवेदन पेश गर्न भनिएको थियो।

निर्देशनपछि निर्वाचित राष्ट्रिय उपाध्यक्ष जेसी अनिश भट्टराईले पेश गरेको प्रतिवेदनका आधारमा गरिएको मूल्याङ्कनमा प्रक्रिया त्रुटिपूर्ण देखिएको उल्लेख छ। सोही कारण, नेपाल जेसीजको विधानअनुसार पुनः साधारण सभा तथा निर्वाचन प्रक्रिया सम्पन्न गर्न भनिएको हो।

नेपाल जेसीजले सम्बन्धित सम्पूर्ण कागजातसहितको प्रतिवेदन सचिवालयमा उपलब्ध गराउन समेत आग्रह गरेको छ।

पत्रमा वीरता लेडी जेसीजकी २०२५ कि अध्यक्ष जेसी निशा शाक्यलाई सम्बोधन गरिएको छ।

वीरता लेडी जेसीजले यसअघि अधिवेसन गरेर मुना ढुङ्गेललाई नेतृत्व हस्तान्तरण गरेकाे थियाे । बहुसंख्यक सदस्यकाे उपस्थितिबिनै गरिएकाे त्याे साधारणसभालाई केन्द्रले मान्यता नदिएकाे हाे ।