बिर्तामोड । झापाको गौरादह नगरपालिका–५ स्थित स्कुलचन बजारमा आज बिहान ११:०० बजे यात्रुबाहक बस र टिपर एकआपसमा ठक्कर खाँदा १० जना घाइते भएका छन्।
दमकबाट चप्रामारीतर्फ जाँदै गरेको मे.१ ख २४९९ नम्बरको बस र मधुमल्लाबाट दामुनातर्फ आउँदै गरेको प्र.न.२-०३-००१ ख ७१५३ नम्बरको टिपर भित्री सडक खण्डमा दुर्घटनामा परेका हुन्।
दुर्घटनामा बस चालक कृष्ण प्रसाद राजवंशीसहित यात्रुहरू योगमाया निरौला, कल्पना प्रसाद उराउ, शारदा देवी पौडेल, सलिना खत्री, उनकी ६ वर्षीया छोरी संरचना खत्री, सरोज राम, कल्पना सिक्देल, सृजना पराजुली र किस्मत खड्का घाइते भएका छन्।
घाइतेमध्ये योगमाया निरौलालाई थप उपचारका लागि दमकस्थित निम्स अस्पताल पठाइएको छ भने अन्य घाइतेहरूको उपचार नगर अस्पताल गौरादहमा भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य छ। प्रहरी चौकी महारानीझोडा ले टिपर चालकसहित दुवै सवारी साधनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको


















