बिर्तामोड ।झापाको कमल गाउँपालिका–५ गुजेश्वरी टोलमा सर्पले टोकेर एक बालक गम्भीर घाइते भएका छन्।

२०८३/०१/२६ गते बिहान १०:५० बजे स्थानीय कर्ण बहादुर राईका ७ वर्षीय छोरा सायंक राईलाई आफ्नै घरको कोठामा खेलिरहेको अवस्थामा गोमन सर्पले दाहिने खुट्टामा डसेको प्रहरीले जनाएको छ।

घटनापछि बालकलाई तत्काल दमकस्थित सर्पदंश उपचार केन्द्र मा लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल मा भर्ना गरिएको छ।

उपचाररत बालकको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा रहेको जनाइएको छ।