बिर्तामोड ।झापाको बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीमा जंगली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी परेका छन्।

आज बिहान करिब १० बजे स्थानीय तेजबहादुर खवासको घरमा जंगलबाट ल्याइएको च्याउ पकाएर खाएपछि उनीहरू बिरामी भएका हुन्।

बिरामी पर्नेमा ५० वर्षीया कमला माया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवाससहित ८ जना बालबालिका रहेका छन्। बिरामीहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो।

प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ९ जनालाई दमकस्थित बाल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। बिरामीमध्ये २ जनाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको बताइएको छ।