अर्नुनधाारा । झापाको अर्जुनधारा नगरपालिका–२ मा जंगली हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन्।

तएराति करिब ९ बजे मिलन चोकस्थित सडकमा हिँडिरहेका स्थानीय २४ वर्षीय दिनेश पराजुलीमाथि अचानक जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।

आक्रमणबाट पराजुलीको अनुहार, टाउको र पेटमा चोट लागेको छ। घाइते पराजुलीलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो।

अस्पतालका अनुसार उनको अवस्था सामान्य रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।