बिर्तामोड । झापाको मेचीनगर नगरपालिका–१३ कालिरोडस्थित ‘मित्तल एग्रोमा आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
हिजो बिर्तामोड नगरपालिका–३ का दिपेन्द्र कुमार अग्रवालले सञ्चालन गरेको उद्योगमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोली तथा फ्याक्ट्रीका कामदारहरूको सहयोगमा राति ९ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट चामल तथा मकैको च्याख्ला बनाउने मेसिन पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

















