भद्रपुर । झापा जिल्ला अदालतमा 'मिट द जज' कार्यक्रम सम्पन्न भएको छ। झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुईटेलसंग अदालतका सेवाग्राही सरोकारवालाहरुले भेटघाट गरेका हुन।

सेवाप्रदायक कार्यालय अदालतबाट प्रवाह हुने सेवा, के कस्तो पाउनु भएको छ? भनेर सेवाग्राहीले प्रमुख न्यायाधीशले राखेको जिज्ञासामा सहभागी सेवाग्राहीले आ-आफ्नो धारणा र प्रतिक्रिया दिएका थिए ।
अदालतबाट प्रदान गरिने सेवा, उपलब्ध सेवा सुविधाको अबस्था, अदालत र कर्मचारीबाट सेवाग्राही प्रति गरिएको व्यबहार, सेवा प्रवाहमा पक्षपात वा अनियमितता भए, नभएको बिषयमा सेवाग्राहीसंग न्यायाधीशको प्रत्यक्ष भेटघाट गरिएको भनेर श्रेस्तेदार डिल्लीराम प्रसाईले बताए। उहाँले सेवाग्राहीको अपेक्षा सम्बोधन हुने गरी कार्य सम्पादन गरिने भनि बताए ।
अदालतको रणनीतिक योजना अनुसार न्यायिक प्रक्रियामा नागरिकको पहुँच बढाउन र सेवा प्रवाह अझ जनमैत्री बनाई सेवाप्रवाहमा अझ सुधार ल्याउन "न्यायाधीश भेटघाट" कार्यक्रम संचालन गरिएको हो। अदालतले प्रवाह गर्ने सेवा प्रवाह के कस्तो छ ? र सेवाग्राहीले सेवाप्रदायक निकायबाट के कस्तो अपेक्षा गरेका छन? आदी बारेमा सरोकारवालाको धारणा बुझन "न्यायाधीशसंग भेटघाट" कार्यक्रम गरिएको छ।
न्यायाधीश भेटघाट कार्यक्रममा मुद्दाका पक्षहरूसँग विचाराधीन मुद्दाको हार जितको सम्बन्धमा छलफल नभई मुद्दाको कामकारवाही, सेवा प्रवाह प्रक्रियामा भएका असन्तुष्टी र गुनासा न्यायाधीशले प्रत्यक्ष सुन्ने गरिएको छ ।
न्यायाधीश भेटघाट कार्यक्रममा ४० जना भन्दा बढी सरोकारवालाहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा गौरिगज्ज न्यायीक समिति सदस्य तथा मेलमिलापकर्ता संग अन्तरक्रिया समेत गरिएको थियो।
उक्त कार्यक्रममा गौरिगज्जका उपाध्यक्ष, एवं न्यायिक समिति संयोजक पुजन न्यौपाने कुवर तथा अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेत समेतको उपस्थिति रहेको थियो।

















