बिर्तामोड । झापाको कमल गाउँपालिका–२ समयगढ स्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।

वैशाख ३१ गते दिउँसो करिब ३ बजे क्याम्पा बजारबाट छलफल चोकतर्फ जाँदै गरेको प्र.१-०२-०४३ प ९२४७ नम्बरको मोटरसाइकलले पैदलयात्री स्थानीय ७६ वर्षीय धान्य प्रसाद दुलाललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका दुलाललाई प्रारम्भिक उपचारपछि कमल नगर अस्पताल क्याम्पाबाट थप उपचारका लागि बिर्तामोड रेफर गरिएको थियो।

उपचारकै क्रममा हिजो राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव सोही अस्पतालमा राखिएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक दमक नगरपालिका–४ बस्ने २४ वर्षीय प्रविण ढुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको