झापा । उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुर मोठियामा खुकुरी प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छन्।
आव बिहान ११ बजेको समयमा स्थानीय अन्दाजी २७ वर्षीया सुमा राईमाथि उनकै ससुरा मनी कुमार राईले धारिलो हतियार खुकुरी प्रहार गरेका हुन्।
प्रहरीका अनुसार खुकुरी प्रहारबाट सुमा राईको टाउको, पछाडिको घाटी तथा अनुहारको विभिन्न भागमा गहिरो चोट लागेको छ। घाइते अवस्थामै उनलाई तत्काल जिल्ला अस्पताल उदयपुर लगिएको थियो। हाल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको जनाइएको छ।
घटनापछि आरोपी मनी कुमार राईलाई जिल्ला प्रहरी कार्यालय गाईघाटले नियन्त्रणमा लिएको छ। घटनाको कारण खुल्न बाँकी रहेको तथा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

















