बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईखोलाको किनारमा बेवारिसे अवस्थामा अवैध काठ फेला परेको छ।
आज बिहान अस्थायी प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोलीले सखुवा जातको चिरान काठ २८ वटा फेन्टा बरामद गरेको हो। बरामद गरिएको काठ करिब ३० क्यूबिक फिट रहेको तथा अन्दाजी मूल्य रु. ८० हजार बराबरको रहेको प्रहरीले जनाएको छ।
उक्त काठ अवैध रूपमा बेवारिसे अवस्थामा फेला परेपछि आवश्यक कारबाहीका लागि गैडे सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।


















