बिर्तामोड। झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–१ मझुवा निवासी वर्ष ५५ का मैत बहादुर लिम्बुको रुखबाट लडेर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको छ।

गत ७ गते दिउँसो कुटमिरोको रुखमा चढी घाँस झार्ने क्रममा उनी रुखबाट लडी गम्भीर घाइते भएका थिए। लड्दा उनको टाउकोमा गम्भीर चोट लाग्नुका साथै छातीमा भित्री चोट लागेको प्रहरीले जनाएको छ।

घाइते लिम्बुको उपचारका लागि हस्पिटलमा गरिएको थियो। उपचारकै क्रममा मिति आज अपराह्न ४ बजे उनको मृत्यु भएको हो।

मृतकको शव हाल सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ।