बिर्तामोड । झापाको बुद्धशान्ती गाउँपालिका–४ अमरबस्तीमा एक वृद्धको लडेर मृत्यु भएको छ।
मंगलबार राति करिब ९ बजे स्थानीय अन्दाजी ६७ वर्षीय खेम बहादुर राना मगर आफ्नै घरमा मुढामाथि बसिरहेको अवस्थामा अचानक लडी बेहोस भएका थिए।
उनलाई उपचारका लागि भागिरथा न्यौपाने बुद्धशान्ती अस्पताल लगिएकोमा चिकित्सकले राति नै मृत घोषणा गरेका हुन्।
घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ।




















