बिर्तामोड । गएराति अन्दाजी १०:३० बजेदेखि परेको अविरल वर्षासँगै आएको शक्तिशाली हावाहुरीका कारण झापाका विभिन्न क्षेत्रमा भौतिक संरचना, घर, विद्युत पोल तथा सडकमा व्यापक क्षति पुगेको छ। विशेषगरी बिर्तामोड नगरपालिका र बाह्रदशी गाउँपालिकाका विभिन्न स्थान प्रभावित भएका छन्।

प्रहरीका अनुसार बिर्तामोड नगरपालिका वडा नं. ३ विराट आदर्शटोलमा बिजुलीको पोल ढलेर सडक अवरुद्ध भएको छ भने खुकुरीचोक निवासी रोहित खड्काको टिनको छानो भएको घरमा पीपलको रुख ढल्दा घर आंशिक रूपमा क्षति पुगेको छ। मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ।

यस्तै, बिर्तामोड नगरपालिका भवनको ग्राउण्ड फ्लोरमा रहेको आल्मुनियम संरचनाको बार तथा झ्याल–ढोका पूर्ण रूपमा क्षति भएको छ। ऐतिहासिक विराटपोखरी परिसरमा रहेको ठूलो पीपलको रुख ढल्दा नजिकैको मन्दिरमा समेत आंशिक क्षति पुगेको छ।

बिर्तामोड–८ त्रिवेणीचोक, वडा नं. ६ स्यालडाँगी, स्टाफ चोक, चन्द्रमार्ग, बुसाबारी, खालवारी तथा बुट्टाबारी–पाख्रेल सडक खण्डलगायत विभिन्न क्षेत्रमा विद्युतका पोलहरू ढलेर तथा भाँचिएर सडक अवरुद्ध भएका छन्। नेपाल विद्युत प्राधिकरण बिर्तामोड–अनारमनी वितरण केन्द्र अन्तर्गत अधिकांश क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ भने विभिन्न इन्टरनेट सेवा समेत प्रभावित बनेका छन्।

बाह्रदशी गाउँपालिका–५ मागुगाउँ निवासी पृथ्विलाल राजवंशीको घरको टिनको छानो उडाउँदा करिब रु. १ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

त्यसैगरी बिर्तामोड–७ तेत्रीडाँगी तथा म्यावारी क्षेत्रमा सन्चध्वज पाङ्धाक, गोपाल अधिकारी, कुमार अधिकारी, दिवस ढकाल, हेमबहादुर बस्नेत, लत्तन राजवंशी, श्याम चौधरी, चैतु मियाँ र सेलेमा खातुनलगायतका घर तथा गोठमा हावाहुरीले क्षति पुर्‍याएको छ। केही घरका छाना उडेर सयौं मिटर टाढासम्म पुगेका छन्।

बिर्तामोड–४ भद्रपुर रोडस्थित “चाइनिज प्लान्ट” नामक रुख सडकमा ढलेर अवरोध भएकोमा स्थानीयवासीको सहयोगमा सडक पुनः सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय अनारमनी तथा मातहत प्रहरी युनिटहरूबाट उद्धार, समन्वय, क्षतिको विवरण संकलन, सडक सुचारु तथा विद्युत सेवा पुनः सञ्चालन गराउने कार्य भइरहेको जनाइएको