बिर्तामोड । झापाको बिर्तामोडमा आज बिहान श्रीमानको खुकुरी प्रहारबाट श्रीमती र छोरी घाइते भएका छन् ।
बिर्तामोड नगरपालिका–१ वरपिपलस्थित घरायसी विवादका क्रममा एक व्यक्तिले आफ्नै श्रीमती र छोरीमाथि खुकुरी प्रहार गरेका हुन्।
स्थानीय बुद्धिलाल मुर्मुले घरायसी विषयमा विवाद हुँदा आफ्नी श्रीमती अन्दाजी ३५ वर्षीया मला मर्डी र १५ वर्षीया छोरी बिनिता मर्डीलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनी बाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट प्रयोग गरिएको खुकुरी बरामद गरेको छ।
घाइते आमा–छोरीको उपचार भइरहेको छ। दुवै जनाको अवस्था मध्यम रहेको बताइएको छ। खुकुरी प्रहारपछि फरार रहेका बुद्धिलाल मुर्मुको खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ।




















