बिर्तामोड । झापाको कचनकवल गाउँपालिका–६ बनियानी क्षेत्रमा लागूऔषध ब्राउन सुगरसहित एक भारतीय युवक पक्राउ परेका छन्।
मंगलबार साँझ करिब ५ बजे जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा भारतको किसनगञ्ज जिल्ला, दलेगाउँ पञ्चायत–१ निवासी अन्दाजी २० वर्षीय युबेद राजालाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिई जाँच गरेको थियो।
प्रहरीका अनुसार उनको साथबाट प्लास्टिकबाहेक ६९ ग्राम ६०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरिएको छ। साथै बिआर ३२ भि ६९०९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ। घटनाबारे आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।



















