बिर्तामोड । झापासहित कोशी प्रदेशमा आज पनि मनसुनी गतिविधि सक्रिय रहने भएको छ। मौसम बदलीसँगै जिल्लाका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमानअनुसार झापामा आज हल्कादेखि मध्यम वर्षा हुनसक्ने तथा केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण खोला तथा नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय तथा होचा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।
विशेषगरी सडकमा पानी जम्ने, डुबान तथा कटानको जोखिम भएका क्षेत्रमा आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ। मेघगर्जन र चट्याङका बेला खुला स्थानमा नबस्न तथा अनावश्यक यात्रा नगर्न पनि आग्रह गरिएको छ।



















