बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–५ स्थित सडक खण्डमा सडक पेटी खाली गराउने क्रममा अवरोध सिर्जना गरेको आरोपमा तीन जना व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार बिहीबार दिउँसो बिर्तामोड नगरपालिकाका नगर प्रहरीले सडक पेटी अतिक्रमण हटाउने कार्य गरिरहेका बेला केही व्यवसायीले खुकुरी देखाएर अवरोध गर्न खोजेका थिए।

घटनापछि प्रहरीले बिर्तामोड–५ निवासी २२ वर्षीया रुप्सान खातुन, २५ वर्षीया नुरवान खातुन र ३८ वर्षीया तमना खातुनलाई नियन्त्रणमा लिएको जनाएको छ।

उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।