बिर्तामोड । झापाको मेचीनगर नगरपालिका–४ स्थित माता चोक नजिक १५ फिट लामो अजिङ्गर सर्प फेला परेको छ।
प्रहरीका अनुसार हिजो राति करिब ११ बजे स्थानीयवासीले अजिङ्गर देखेपछि तत्काल प्रहरी चौकी बाहुनडाँगीलाई जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर अजिङ्गरलाई सुरक्षित रूपमा नियन्त्रणमा लिई प्रहरी चौकी बाहुनडाँगीमा राखेको थियो।
यस सम्बन्धमा डिभिजन वन कार्यालय बाहुनडाँगी सँग समन्वय गरिएको र आज बिहान वन कार्यालयको टोली आएर अजिङ्गरको उद्धार तथा उपयुक्त प्राकृतिक वासस्थानमा व्यवस्थापन गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।


















