बिर्तामाेड । झापाकाे कचनकवल गाउँपालिका–५ पाठामारी तथा भारतको किशनगन्ज जिल्लास्थित पाठामारी क्षेत्रकाे दशगजामा लगाइएका चियाकाे बाेट नष्ट गरिएकाे छ । 

IMG-20260612-WA0004

सीमा स्तम्भ नम्बर ११४ आसपास नेपाल र भारतका सुरक्षा निकायको संयुक्त गस्तीले दशगजामा राेपिएका चियाका बाेट हटाएकाे हाे ।  

प्रहरी चौकी पाठामारी, बाेर्डर आउट पाेष्ट पाठामारी तथा भारतको सशस्त्र सीमा बलको सहभागितामा संयुक्त गस्ती सुरु भएकाे हो। गस्तीका क्रममा नेपालतर्फको दशगज्जा क्षेत्रमा रहेको सुनकोशी चिया बगानका करिब ६०–६५ वटा चियाका बोट हटाइएको प्रहरीले जनाएको छ।

सीमा क्षेत्रको सुरक्षा, निगरानी तथा अतिक्रमण नियन्त्रणका लागि नियमित रूपमा संयुक्त गस्ती सञ्चालन हुन थालेकाे छ।