बिर्तामोड । नेतृत्वको असक्षमताका कारण वीरता लेडी जेसीज खारेजीको प्रक्रियामा पुगेको छ ।

IMG-20260611-WA0002

नेपाल जेसीजले बिधान बिपरीत काम गरेको भन्दै वीरता लेडी जेेसीजलाई कुनै गतिविधि गर्न प्रतिबन्ध लगाएको हो । नेपाल जेजीजले पुनः साधारण सभा तथा निर्वाचन प्रक्रिया अघि बढाउन दिएको निर्देशन वीरता लेडी जेसीजले अवज्ञा गरेपछि शाखा खारेजीको अवस्थामा पुगेको हो ।

IMG-20260611-WA0003

नेपाल जेसीजका राष्ट्रिय महासचिव जेसी अमर घिमिरेद्वारा जारी पत्रअनुसार, वीरता लेडी जेसीजले सम्पन्न गरेको साधारण सभा र निर्वाचन प्रक्रिया विधानअनुसार नभएको तथा वैधानिक समेत नरहेको ठहर गरिएको छ।

यसअघि नेपाल जेसीज सचिवालयले २०२६ जनवरी २८ मा पठाएको पत्रअनुसार आवश्यक कागजातसहित प्रतिवेदन पेश गर्न भनेको थियो।

निर्देशनपछि निर्वाचित राष्ट्रिय उपाध्यक्ष जेसी अनिश भट्टराईले पेश गरेको प्रतिवेदनका आधारमा गरिएको मूल्याङ्कनमा प्रक्रिया त्रुटिपूर्ण देखिएको उल्लेख छ। सोही कारण, नेपाल जेसीजको विधानअनुसार पुनः साधारण सभा तथा निर्वाचन प्रक्रिया सम्पन्न गर्न भनिएको हो।

नेपाल जेसीजले सम्बन्धित सम्पूर्ण कागजातसहितको प्रतिवेदन सचिवालयमा उपलब्ध गराउन समेत आग्रह गरेको छ।

पत्रमा वीरता लेडी जेसीजकी २०२५ कि अध्यक्ष जेसी निशा शाक्यलाई सम्बोधन गरिएको छ।

वीरता लेडी जेसीजले यसअघि अधिवेसन गरेर मुना ढुङ्गेललाई नेतृत्व हस्तान्तरण गरेकाे थियाे ।

ढुङ्गेल जेसीजको शाखा अध्यक्ष हुन अयोग्य रहेको बताईएको छ । जेसीजको शाखा अध्यक्ष हुन कम्तिमा दुई बर्ष शाखा सञ्चालक समितिमा रहेको हुनुपर्ने, कम्तिमा चारवटा एरिया सम्मेलनमा सहभागी हुनुपर्ने बिधानमा उल्लेख छ ।

IMG_20260615_165044

IMG-20260611-WA0007

(सम्पादित तस्बिर : जेसीजको क्षत्रीय सम्मेेलनमा सहभागी भएको भन्दै बनाइएको कृतिम तस्विर)

तर,  पुर्व अध्यक्ष शाक्यसहित निर्वाचन अधिकृतसमेत रहेकी पुर्व अध्यक्ष मेनुका  ओलीसहितको टिमले किर्ते गरेर ढुङ्गेललाई अध्यक्ष पदमा निर्वाचित गरेको अभियोग लागेको छ । ढुङ्गेलले दुई वर्ष शाखा सञ्चालक समितिमा रहेर काम गरेको भएपनि तीनवटामात्र एरिया सम्मेलनमा सहभाागी भएको दावी असन्तुष्ट पक्षको छ ।

बहुसंख्यक सदस्यकाे उपस्थितिबिनै गरिएकाे त्याे साधारणसभालाई केन्द्रले मान्यता नदिएकाे हाे ।

IMG-20260611-WA0009

केन्द्रको निर्देशन अनुसार साधारणसभा नगरेको वीरता लेडी जेसीजका गतिविधि ६ महिनादेखि ठप्प छन् ।

अध्यक्ष ढुङगेलले नेपाल जेसीजले  गरेको कारवाहीको बिषयमा आफुलाई केही थाहा नभएको बताइन् । उनले विवादको विषयमा पूर्व अध्यक्ष शाक्य र निर्वाचन संयोजक ओलीसँग सोध्न अनुरोध गरिन् ।