झापा । झापाको गौरादह नगरपालिका–१ स्थित नवदुर्गा पेट्रोल पम्प नजिक बुधबार राति भएको सवारी दुर्घटनामा एक साइकलयात्रीको मृत्यु भएको छ।

प्रहरीका अनुसार हिजो बिहान डिपुचोकबाट पेट्रोल पम्पतर्फ जाँदै गरेको प्र.१-०१-००१ क ११८८ नम्बरको टिपरले साइकलयात्री गौरादह–४ निवासी ६१ वर्षीय प्रेमप्रसाद गुरागाईंलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका गुरागाईंको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि दमक अस्पताल पठाइएको भए पनि उपचारकै क्रममा राति  चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा संलग्न टिपर र चालक गौरादह–१ निवासी ३५ वर्षीय उमेश ताजपुरियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।