बिर्तामोड .। बिर्तामोडको बीवाइडी गाडीको सर्भिस सेन्टरमा आगलागी भएको छ ।

पश्चिम बस स्टेण्ड दक्षिणमा रहेको सर्भिस सेन्टरमा आज बिहान ४ बजेतिर विद्युत सर्ट भएर आगलागी भएको हो ।

आगलागीबाट विभिन्न मोटर पार्टसहरु जल्दा अन्दाजी ६० लाखको क्षति भएको जनाइएको छ । सर्भिस सेन्टरमा रहेका गाडीहरु भने क्षति पुगेको छैन ।

बिर्तामोड नगरपालिकाको दमकल , प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।