बिर्तामोड । झापाको गौरीगंज गाउँपालिका–४ बाइसेटोल निवासी ८८ वर्षीया पञ्चमाया शेर्माको सर्पदंशबाट मृत्यु भएको छ।
हिजो साँझ आफ्नै घरमा कुखुराको खोरको ढोका लगाउने क्रममा खोर छेउमा रहेको इँटाको चाङबाट विषालु सर्प निस्किएर उहाँको दाहिने हातको माझी औंलामा डसेको थियो।
घाइते अवस्थामै उनलाई उपचारका लागि बिर्तामोड लगेर उपचार भइरहेको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
हाल शव अस्पतालमा रहेको र थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

















