झापा ।झापाको गौरीगञ्ज गाउँपालिका–३ सयपत्री टोलमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
मंगलबार बिहान करिब ६ः३० बजे गौरीगञ्ज–३ मा चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका भोजपुर आमचोक गाउँपालिका–९ निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठ खेतमा आली खन्ने क्रममा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
पानी परिरहेको समयमा आएको चट्याङले श्रेष्ठलाई लागेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनापछि इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोली घटनास्थल पुगेको थियो।
घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।
















