अर्जुनधारा । झापाको शनिश्चरे बजार मा डिजाइनर टेलर्स सञ्चालनमा आएको छ। करिब २५ लाख रुपैयाँको लगानीमा स्थापना गरिएको टेलर्सले हाल १० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ।

टेलर्समा कोट, पेन्ट, सर्ट, दौरा–सुरुवाल, लेहेङ्गा–चोली लगायतका विभिन्न पोशाक अर्डरअनुसार सिलाइ गरिन्छ। साथै, सर्टिङ–सुटिङका गुणस्तरीय कपडा पनि उपलब्ध हुने सञ्चालक भुपाल परियारले बताएका छन्।

टेलर्समा अनुभवी तथा दक्ष कालिगढबाट आधुनिक डिजाइनअनुसार पोशाक तयार गरिने भएकाले ग्राहकले आफूले चाहेको डिजाइनमा अर्डर गरी समयमै तयार कपडा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

टेलर्सका सञ्चालक परियारले गुणस्तरीय सेवा, आकर्षक डिजाइन र ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राखेर सेवा दिइरहेको बताए। उनले केही समयपछि जातीय पोषाकसमेत उपलब्ध गराउने जनाएका छन् ।