बिर्तामाेड । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा विद्युत् सर्ट भएर आगलागी हुँदा एउटा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
अहिले बिहान स्थानीय चुडामणि गुरागाईंको एकतले टिनको छानो र काठको बेराले बनेको चार कोठे घरमा विद्युत् सर्ट भएरआगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीबाट घरभित्र रहेका सुन, चाँदी, नगद, टेलिभिजन, दराज, पलङ, लत्ताकपडा लगायतका विभिन्न सामग्रीसहित घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनाबाट करिब ४२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेकाे छ।
आगलागीमा कुनै मानवीय वा चौपाया क्षति भने भएको छैन। स्थानीयवासी, नेपाल प्रहरी तथा मेचीनगर नगरपालिकाका दुई वटा दमकलको सहयोगमा बिहान ११:४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


















