बिर्तामोड । झापाको कन्काई नगरपालिका–२ स्थित कन्काई माई खोलामा बग्दै गरेका एक बालकको स्थानीयवासीले उद्धार गरेका छन्।

शनिबार दिउँसो करिब २ बजे सुनिल लिम्बु नाम बताउने करिब ९ वर्षीय बालक खोलामा बगिरहेको अवस्थामा स्थानीयले देखेपछि तत्काल उद्धार गरी किनारामा ल्याएका थिए।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रबि राईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

उद्धार गरिएका बालकलाई तत्काल उपचारका लागि कन्काई नगर अस्पताल, सुरुङ्गा पठाइएको प्रहरीले जनाएको छ। बालकको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।