किर्तामोड । झापाको कमल गाउँपालिका–३ मा कोब्रा सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ।
मंगलबार साँझ करिब ७:५० बजे कमल–३ निवासी ज्ञानबहादुर लिम्बुकी श्रीमती, करिब ४० वर्षीया सरस्वती मगरलाई आफ्नै घरको भान्सामा खाना पकाउने क्रममा कोब्रा सर्पले डसेको थियो।
सर्पदंशपछि उनलाई तत्काल उपचारका लागि नेपाल रेडक्रस सोसाइटी, दमक पुर्याइएको थियो। उपचारकै क्रममा राति १०:४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनाको जानकारी राति १०:२५ बजे इलाका प्रहरी कार्यालय दमकमा प्राप्त भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल तथा अस्पताल पुगेको थियो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




















