बिर्तामाेड । झापाको कचनकवल र गौरादहमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ ।

कचनकवल गाउँपालिका- ३ पाँचबिघे बस्ने २४ वर्षीय कमल गदाइलीलाई आफ्नै बारीमा जङ्गली हात्ती रोकथामका लागि राखिएको करेन्ट लागेको थियो । घाइते गदाईलीलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुरमा ल्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

त्यस्तै गौरादह ६ मा करेन्ट लागेर अर्का युवकको ज्यान गएको छ । गौरादह-६ बिरबल चोक बस्ने २५ वर्षीय विनोद शर्माले आफ्नै घरको फलामको स्टेन भएको पङ्खा चलाउने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो । घाइतेलाई उपचारको लागि लाइफलाइन अस्पताल दमक लगी डाक्टरले चेकजाँच गर्ने क्रममा  मृत घोषणा गरेका थिए ।