झापा । झापाको भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालय अगाडि कारको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

बुधबार बिहान कारागार कार्यालय झापाबाट जिल्ला प्रशासन कार्यालयतर्फ आउँदै गरेको प्र१-०१-००२ च ०००५ नम्बरको सेतो कारले जिल्ला प्रशासन कार्यालयको काम सकेर सडकतर्फ निस्किँदै गरेकी भद्रपुर–९ निवासी ९२ वर्षीया धनमाया खड्कालाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी खड्कालाई कार चालकले तत्काल ओमसाई पाथिभरा अस्पताल पुर्‍याएका थिए। उपचारका क्रममा बिहान ११:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी सहायक निरीक्षक दावा टुन्डु शेर्पाको कमाण्डमा घटनास्थल पुगेको थियो। प्रहरीले कार चालक बुद्धशान्ति गाउँपालिका–२ निवासी ४६ वर्षीय मदन प्रसाईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखेको छ।