झापा । कन्काई नगरपालिका ४ कोटीहोममा पिकअपको ठक्करबाट आज बिहान एकजनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कन्काई ४ कोटीहोममा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५१०४ नं को पिकअपले दक्षिणबाट उत्तरतर्फ बाटो क्रस गर्दै गरेका कन्काई ४ बस्ने अन्दाजी ७० वर्षका प्रल्हाद शिवाकोटीलाई ठक्कर दिएको थियो ।
घाइतेलाई उपचारका लागि बिर्तामोडतर्फ ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको हो । ठक्कर दिने पिकअप र त्यसका चालकलाई नियन्त्रणमा छ ।



















