झापा । इलामको माईजोगमाई गाउँपालिका–२, खोल्मेमा छोराको मृत्यु भएपछि सम्पर्कविहीन भएकी एक महिला आज बिहान घरछेउमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।
स्थानीय प्रदीप खड्काका अनुसार ३८ वर्षीया अमृता लेप्चा खत्री रातिदेखि हराइरहेकी थिइन्। परिवार र स्थानीयवासीले रातभर खोजी गरे पनि फेला पार्न सकेका थिएनन्। आज बिहान भने उनी घरछेउमै झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्।
हिजो विद्यालयबाट घर फर्किने क्रममा स्थानीय खोल्सोले १२ बर्षका उनका छोरा आहान खत्रीलाई बगाएर मृत्यु भएको थियो। त्यस घटनापछि उनी सम्पर्कविहीन भएको स्थानीयले बताएका छन्।
मृतकका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका छन्। अमृता गुल्मीमा विवाह गरेकी भए पनि हाल छोरासँगै माइतीमा बस्दै आएकी थिइन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने विस्तृत विवरण आउन बाँकी छ।



















